५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको सदस्यमा डा अन्जान शाक्य नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ८६ को उपधारा (२)को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा उहाँलाई सदस्यमा मनोनित गर्नुभएको हो ।

चैत ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनितका लागि सिफारिस गरेको थियो ।

पूर्वराजदूत शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएको थियो । उहाँ इजरायलका लागि नेपाली राजदूत समेत हुनुहुन्थ्यो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई राजदूत नियुक्त गरेको थियो ।