• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी

एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग



काठमाडौँ । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ  ।

साबिक विजेता समेत रहेको नेपाल समूह ‘ए’को विजेता र युएई समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा भिड्न लागेका हुन् ।

ओमानमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेट हराउँदै समूह विजेता बनेको हो ।

नेपालसँग पराजित साउदी अरेबियाको सेमिफाइनल पुग्ने सपना अधुरै रह्यो । समूह ‘ए’मा साउदी अरेबियाको चार खेलबाट २ अंक रह्यो  । नेपालविरुद्धको खेलमा जित निकाल्न सकेको खण्डमा साउदी अरेबियाले हङकङ र कतारसँग समान ४ अंक बनाउने थियो । रनरेटका आधारमा साउदी अरेबियाले अन्तिम चारमा पुग्ने मौका पाउने थियो ।

कतार र हङकङले चार खेलमा समान ४ अंक जोडे । तर, रनरेटमा पछि परेपछि कतार अन्तिम चारमा पुग्न सकेन । अब हङकङले समूह ‘बी’को विजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’मा नेपाल अपराजित रह्यो । समूह ‘बी’मा ओमान पनि अपराजित रह्यो । युएईले ६ र कुवेतले ४ अंक जोडे ।