• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ

सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बन्ने भएका छन् । एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा साडारी मुख्यमन्त्री बन्न लागेका हुन् ।

एकीकृत समाजवादीले बुधबार सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोडारीले हिजै मुख्यमन्त्रीमा दाबी पेश गर्न खोजे पनि एमालेले आनाकानी गरेपछि रोकिएको हो । तर संघीय गठबन्धनमा खटपट हुने भएपछि आज एमालेले सोडारीलाई समर्थन गर्ने बताइएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर सत्ता गठबन्धनमा अझै केही कचकच चलिरहेको छ । सात प्रदेशको भागबन्डाका क्रममा एमाले र माओवादीका नेताहरूले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए । तर सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुई समूहमा बाँडियो ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी एमाले–माओवादी गठबन्धनको पक्षमा भए पनि सुदूरपश्चिममा ७ मध्ये दुई प्रदेश सांसद मात्र उनको पक्षमा रहे । बाँकी ५ सांसद, जो रेशम चौधरी पक्षमा थिए । त्यसपछि एमाले र माओवादीले नाउपालाई मुख्यमन्त्री दिने नयाँ सहमति गरे । तर पनि पार्टीभित्रको विवाद मिलेन । दुवै समूहले फरक फरक उम्मेदवार अघि सारे ।

नाउपाको विवाद चर्किने संकेतकै बीच नाउपाकी अध्यक्ष रञ्जीतासहित बसेको गठबन्धनको बैठकले फेरि सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयो । सत्ता संकट टार्न एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने नयाँ सहमति भयो । केन्द्रमा भएको सहमतिअनुसार मंगलबार नै एकीकृत समाजवादीका नेता सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिए ।

प्रदेश प्रमुख नजिर मियाँले पनि कैलाश र लक्ष्मणकिशोर दुवैको दाबी अस्वीकृत गर्दै सरकार गठनका लागि दाबी पेश गर्न २ दिन समय दिए । त्यो समय आज सकिँदैछ । त्यसअघि नै अध्यक्ष केपी शर्मा ओलीले एमाले सुदूरपश्चिम प्रदेशलाई निर्देशन दिने र सोडारी मुख्यमन्त्री बन्ने छन् ।

यता, प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त नगरेको र आफ्नो दाबी अस्वीकृत गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी आज अदालत जाँदैछन् । नेपाली कांग्रेस पनि लक्ष्मणकिशोरलाई साथ दिँदै अदालत जाने छ ।