• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा



काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब आर्सनललाई घरेलु मैदानमा १-० गोलले हराउँदै समग्रमा ३-२ को नतिजासहित बायर्न अन्तिम चारमा पुगेको हो ।

बायर्नको जितमा खेलको ६३ औं मिनेटमा जोसुआ किमिचले गरेको गोलले नै बायर्नलाई सेमिफाइनलमा पुर्यायो । उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

यता, पराजित आर्सनलको च्याम्पियन्स लिगको यात्रा यहिबाट समाप्त भएको छ ।