• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

इलामको विकास र योजना शिरमा राखेर हिँड्छु – सुहाङ नेम्वाङ



विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत इलामको मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश समृद्धिको बाटो हिँडेको बताउँदै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताए ।

सुहाङले इन्द्रेणी सप्तरङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको बताए । उनले इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्ने बताए ।

समाजमा समाजिक भेदभावलाई क्षमा दिन नहुने उनको भनाई छ । सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनु पर्ने बताउँदै उनले आफूलाई लगाएको मालामा जनताको रौनक र खुसी भए पनि आफू भने भावुक भएको बताए ।

इलामको विकासमा आफ्ना बुवा सुवासचन्द्र नेम्वाङले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको बताए ।

विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने उनको भनाई छ । उनले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्दै आफूले पनि त्यसरी नै काम गर्ने बताए ।

उनले भने, ‘ बुवाले गर्न नसकेका र देखेका सपना पुरा गर्न कुनै पनि कमी हुन दिन्नँ । यहीबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले इलामको विकासमा बुबाले देखेको सपना र बनाएको योजना पूरा गर्न कुनै पनि कमी कमजोरी नगर्ने बताए ।

उनले भने,‘ इलाम धेरै सुन्दर छ । इलाम सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रलाई कसरी अझै राम्रो बनाउने भन्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

इलामका युवाहरूको भावना नसुनिएको भन्दै विदेश जाने युवाहरूको समस्या कसरी छिटो छरितो तरिकाले पूरा गर्न सकिन्छ भनेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले कुनै पनि देश रातारात विकसित नभएको दाबी गर्दै देश विकासका लागि युवाहरू एक भएर अगाडि बढ्नु पर्ने बताए ।

आफ्ना बुवाको पहलमा किराँत धर्मगुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा भएको भन्दै आफू पनि प्रकिृति पूजक भएकाले यो क्षेत्रको विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।