• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ

एसिसी प्रिमियर कप: नेपालको लगातार चौंथो जित, साउदीलाई ६ विकेटले हरायो



काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले लगातार चौंथो जित निकालेको छ । ओमानको अल अमेरत खेल मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो ।

वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलशन झा १९ बलमा ३२ रनसहित तथा कप्तान रोहित पौडेल ७ बलमा १६ रनसहित अविजित रहे । दिपेन्द्र सिंह ऐरीले ९ बलमा १७ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका इस्तियाक अहमदले २ तथा उस्मान नजिव र वजी उल हसनले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनायो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एकरएक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।