• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य



काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

आठ ओभरमा झारिएको खेलमा साउदीले ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन जोड्यो । उसका लागि अबदुल वाहिदले १६ बलमा ३७ रनको योगदान दिए । उनले ३–३ चौका र छक्का हिर्काए । यस्तै, फैसल खानले ६, मनान अलि र वजी उल हसनले ३–३, कासिफ अब्बासले ८, हिसान शेखले २, साद खानले ५ रन जोडे ।

बलिङतर्फ नेपालका लागि करण केसी र अभिनाश बोहराले २–२ तथा ललित राजवंशी र प्रतिश जिसिले १–१ विकेट लिए । गतराति वर्षाले मैदान भिजेका कारण खेलमा ढिलाई भएपछि ओभर झारिएको हो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।