• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको पनि बताउनु भयो ।

उहाँले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन काँग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताउनु भयो । उहाँले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गर्नुभयो । उहाँले सरकारको पुन:गठन भइ रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरु अपासी समझदारीबाट जानेतिर भन्दा अस्वस्थ प्रतिष्पर्धामै जाने र त्यसको निम्ति विभिन्न किसिमका क्रियाकलाप गर्नेबाट हामी अहिले पनि मुक्त छैनौँ । अब यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । मैले जटिल परिस्थितिका बाबजुत प्रमुख शक्तिहरुको बीचमा समझदारी नै बनाएर मात्रै यो संविधान कार्यान्वयनलाई पनि राम्रोसँग गति दिन सकिन्छ, राजनीतिक स्थायित्व र विकासलाई पनि गति दिन सकिन्छ भन्ने नै हो । यहाँहरुले कसरी हेरिराख्नुभएको छ, मलाई थाहा छैन । हुनत: अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि । डेढ वर्ष पनि भएको छैन । १५ महिना भित्र लिएँ । तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ । अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ । मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो । दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली काँग्रेसलाई दिउँ भन्ने थियो । मानिसहरुले अस्थिरताको आरोप पनि लगाए । तर गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो । तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै छ, सरकार निरन्तरतामै छ । सरकारको पुन:गठन भइ नै राख्छ ।’

प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताउनु भयो । उहाँले शको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथी कानूनी कारबाही अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको छ । संरचनागत कार्यक्रममा विषय प्रवेश गर्दै जेजस्ता विषय छन् भएका छन्, त्यसले सुशासनको राष्ट्रिय संकल्पमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास म व्यक्त गर्न चाहन्छु । देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ । यस सन्दर्भमा भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथी कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रतिवद्ध रहेको छ । मेरो नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभुतिका निम्ति लिएका नीति र चालेका कदमहरु सबैलाई अवगत नै छ ।’

प्रधानमन्त्री दाहालले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभुति गर्न सकिने बताउनु भयो । मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभुति गर्ने अवस्था सिर्जना गरिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल