• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द



Protesters calling for a cease fire in Gaza shut down southbound traffic on Highway 880 in Oakland, Calif. on Monday, April 15, 2024. (Bronte Wittpenn/San Francisco Chronicle via AP)

एजेन्सी । प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन गेट, ब्रुकलिन पुल र व्यस्त ठाउँहरूमा यात्रा बन्द गरेका छन् ।

आयोजकमध्येका एक रिफ्का फालानेले शिकागोमा प्रदर्शनकारीहरूले काँध मिलाएर एक सय ९० लेन अवरुद्ध पारेकोे बताउनुभयो । उहाँले प्यालेस्टिनीलाई स्वतन्त्र गर्नका लागि यो विश्वव्यापी आर्थिक नाकाबन्दीको हिस्सा रहेको बताउनुभयो ।

प्रदर्शनकारीहरूले गोल्डेन गेट ब्रिजमा सबै सवारी साधन, पैदल यात्री र बाइक ट्राफिकहरू बन्द गरेको र ओकल्यान्डको अन्तरराज्यीय ८८० मा सिमेन्टले भरिएका ५५ ग्यालेन ड्रममा बाँधेर राखेकाले सानफ्रान्सिस्को खाडी क्षेत्रमा ट्राफिक घन्टौँसम्म रोकिएको थियो ।

ब्रुकलिनमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिजमा म्यानहट्टन जाने यातायात अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले युजिन, ओरेगनका साथै पाँच अन्तरराज्यीय अवरुद्ध गरेर करिब ४५ मिनेटका लागि प्रमुख राजमार्गमा यातायात बन्द गरेका थिए । प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो ओहेर विमानस्थललाई छनोट गरेका थिए ।

इजराइल र हमासबीचको युद्धमा तत्काल युद्धविरामका लागि प्रदर्शनकारीहरूले आह्वान गरेका थिए । हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको हमलामा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएदेखि शिकागोमा दैनिकरूपमा युद्धविरोधी प्रदर्शन भइरहेका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयले इजराइली आक्रमणमा ३३ हजार सात सयभन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा नागरिक र लडाकुहरू बीचको भिन्नता नराखेको र मृतकमध्ये दुई तिहाइ महिला र बालबालिका रहेको बताएको छ ।

ओहेर विमानस्थलले सामाजिक सञ्जाल एक्समा यात्रीहरूलाई कार यात्राका साथै यातायातको वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । ट्राफिक जाममा फसेका केही यात्रु आफ्नो कार छाडेर सामान बोक्दै विमानस्थलतर्फ हिँडेका थिए ।

शिकागो उड्डयन विभागले १५ मिनेटभन्दा कमको ढिलाइका साथ विमानस्थल सञ्चालनमा आएको जनाएको छ । ओहेरतर्फको ट्राफिक बिहान करिब ९ बजे सञ्चालनमा आएको थियो ।

सिएटल नजिकै वासिङ्टन राज्य यातायात विभागले प्रदर्शनले सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सडक बन्द गरेको बताएको छ । सामाजिक सञ्जाल पोष्टहरूले राजमार्गमा उभिएर ब्यानर बोकेका र प्यालेस्टिनी झण्डा फहराएको देखाएका छन् । सडकहरू करिब तीन घण्टापछि खुला भएका थिए ।

क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार गोल्डेन गेट ब्रिज प्रदर्शनमा लगभग २० प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरूले अन्तरराज्यीयमा दुईवटा विन्दुमा उनीहरूलाई पक्राउ गरेका हुन् ।