१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा २२ यात्रु घाइते



Symbolic Picture
अ+ अ-

मकवानपुर । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् । यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिनुभयो । बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि उहाँले बताउनुभयो । रासस