• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

हैदराबाद र बैंगलोरका खेलमा बनेका यस्ता कीर्तिमानहरु



एजेन्सी । कप्तान फाफ डुप्लेसिस र दिनेश कार्तिकको शानदार इनिङ्सका बाबजुद रोयल च्यालेन्जर्स बैंगलोर ९आरसीबी०ले सनराइजर्स हैदरावादविरुद्ध आईपीएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सकेन ।

पहिले ब्याटिङ गरेको हैदरावादले ट्राभिस हेडको शतक र हेनरिक क्लासेनको अर्धशतकको मद्दतले २० ओभरमा तीन विकेट गुमाएर २८७ रनको विशाल योगफल बनाएको थियो ।

आईपीएलको इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो । जवाफमा आरसीबीले पनि उत्कृष्ट ब्याटिङ गर्‍यो तर लक्ष्य यति ठूलो थियो कि टोली २५ रनले पछि पर्यो ।

यो खेलमा यस्ता कीर्तिमानहरु बने जसबारे यहाँ चर्चा गरौँ ।

टी २० खेलमा सर्वाधिक बाउन्ड्री प्रहार

हैदरावाद र आरसीबीबीचको खेलमा ४३ चौका र ३८ छक्का सहित कुल ८१ बाउन्ड्री प्रहार गरिएको थियो । यो आईपीएल इतिहासमा संयुक्त सर्वाधिक बाउन्ड्रीको रेकर्ड हो । गत वर्ष सेन्चुरियनमा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० खेलमा ४६ चौका र ३५ छक्कासहित ८१ चौका प्रहार गरिएको थियो ।

खेलमा ५४९ रन बन्यो

आरसीबी र हैदरावादबीचको यस खेलको दुवै इनिङ्समा कुल ५४९ रन बनेको थियो, जुन एक कीर्तिमान हो । यसअघि कुनै पनि टी–२० म्याचमा दुवै इनिङमा मिलेर यति धेरै रन बनाइएको थिएन ।

यसअघि आईपीएलको सोही सिजनमा हैदरावाद र मुम्बई इन्डियन्सबीच भएको खेलमा दुवै इनिङ्समा ५२३ रन बनेको थियो, जुन टी–२० इतिहासमा सर्वाधिक थियो तर आरसीबी र हैदरावादबीचको खेलमा यो रेकर्ड पनि तोडिएको छ ।

पावरप्लेमा आरसीबीको ठूलो स्कोर
पावरप्लेको अन्त्यसम्म आरसीबीले ७९ रन जोडेको थियो । यो आरसीबीको आईपीएल इतिहासमा सबैभन्दा ठूलो पावरप्ले स्कोर हो ।

हैदराबाद सबैभन्दा छिटो २०० रन पूरा गर्ने तेस्रो टोली
यस खेलमा हैदरावादले आफ्नो तूफानी ब्याटिङलाई निरन्तरता दिँदै १४.६ ओभरमा २०० रनको अंक पूरा गर्‍यो । आईपीएलको इतिहासमा हैदरावाद टिम सबैभन्दा छिटो २०० रन पूरा गर्ने तेस्रो टिम बनेको छ । यस प्रतियोगितामा सबैभन्दा छिटो २०० रन पूरा गर्ने कीर्तिमान आरसीबीको नाममा छ, जसले सन् २०१६ मा पञ्जाब किंग्सविरुद्ध १४.१ ओभरमा बनाएको थियो ।

आईपीएल इतिहासमा सबैभन्दा महँगो स्पेल
आरसीबीका बलर रीस टोपलीले टिमलाई पहिलो सफलता दिलाएका होलान् तर उनी आईपीएल इतिहासमा सबैभन्दा महँगो स्पेल गर्ने तेस्रो बलर बनेका छन् । उक्त खेलमा टोपलीले चार ओभरमा ६८ रन दिएर एक विकेट लिए । उनी आइपिएलमा सबैभन्दा महँगो स्पेल गर्ने विदेशी खेलाडी बनेका छन् ।

यसअघि यो नचाहेको कीर्तिमान मुजीब जद्रानको नाममा थियो जसले २०१९ मा हैदरावादविरुद्ध ६६ रन दिएका थिए । आईपीएलमा सबैभन्दा महँगो स्पेलको कीर्तिमान बासिल थाम्पीको नाममा छ, जसले २०१८ मा आरसीबीविरुद्ध ७० रन दिएर एक विकेट लिन सकेनन् ।