१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको वैचारिक तथा राजनीतिक प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 

बुधबारका लागि तय गरिएको सो कार्यक्रम काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरूको उपस्थिती छ । 

स्थानीय तह निर्वाचन नजिकिँदै गरेको माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको हो ।