• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

कतारका अमिरको नेपाल भ्रमणमा के हुँदैछ ?



काठमाडौं: कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यही वैशाख ११ गते नेपालको दुई दिने राजकीय भ्रमणका लागि आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिरको नेपाल भ्रमण हुन लागेको हो, तर नेपाल वा कतार कुनै पनि मुलुकले अमिरको भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेका छैनन् ।

स्रोतका अनुसार विशेष विमान मार्फत् नेपाल ओर्लन लागेका अमिरको भ्रमणका सन्दर्भमा नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौताहरु हुँदैछन् । यी सम्झौतालाई अन्तिम रुप दिन अहिले राजधानीमा कतारी विदेश मन्त्रालयको उच्चस्तरीय टोलीले नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरिरहेका छन् ।

कतारी अमिरको यसअघि नै भ्रमणको तयारी थियो । तर इजरायल र हमासबीच युद्ध सुरु भएपछि अमिरको नेपाल भ्रमण स्थगित भएको थियो । अहिले फेरि इजरायल र इरानबीच नयाँ ढंगको द्वन्द्वका बीच अमिरको नेपाल भ्रमण हुन लागेको हो । दुबै देशका अधिकारीहरु यसपटक अमिरको भ्रमण स्थगित नहुने अपेक्षाका साथ अन्तिम तयारीमा जुटेका छन् ।

परराष्ट्र मन्त्रालयले तयार पारेको भ्रमण तालिका अनुसार, राष्ट्रपति पौडेलसँग अमिरको भेटवार्ता राष्ट्रपति कार्यालयमा हुनेछ । राष्ट्रपति पौडेलले अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

यस्तै कतारी अमिरसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिष्टाचार द्विपक्षीय भेटवार्ता गर्नु हुनेछ । त्यस अवसरमा नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौताहरु हुनेछन् ।
एक स्रोतका अनुसार, नेपाल र कतारबीच कम्तीमा १० वटा मन्त्रालयसँग सम्बन्धित दस्ताबेजमा आपसी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालका अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, स्वास्थ्य, कृषि, उद्योग, वन मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समझदारी हुँदैछ ।

यद्यपी यी समझदारीहरुलाई नेपालको मन्त्रिपरिषदले पारित गर्ने तर संसदमै लैजाने किसिमका सम्झौता वा सन्धि नहुने बताइएको छ ।

कतारले नेपालको आर्थिक, सामाजिक विकासमा गर्न चाहेको सहयोगका बारेमा भने उच्च तहमा सहमति हुने अपेक्षा नेपाली अधिकारीहरुले गरेका छन् ।

कतारलाई दुई हात्ती उपहार

नेपालले कतारसँग गर्न लागेको वन तथा वातावरण मन्त्रालयसँगको समझदारीमा नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिन लागेको समाचार छ । तर यी हात्ती जंगली हुन् वा घरपालुवा हुन् वा जंगली हात्तीका छावा हुन् स्पष्ट भइसकेको छैन ।

तथापि, समाचार अनुसार साढे ५ वर्षकी रुद्रकली र साढे ४ वर्षको खगेन्द्रप्रसाद नाम गरेका दुई हात्ती कतारको अलखोर चिडियाखानाका लागि नेपालले उपहारस्वरुप प्रदान गर्न लागेको हो । हाकाहाकी अनलाईनका अनुसार, दुबै हात्ती चितवन राष्ट्रिय निकुन्जको हात्ती प्रजनन केन्द्रको ज्वाइँ कहलिएको जंगली हात्ती रोनाल्डोका सन्तान हुन् ।

रुद्रकली एक हजार २०० किलो र खगेन्द्रप्रसाद एक हजार १९० किलो रहेको निकुन्जले जनाएको छ । नेपालले हात्ती र शाही बाजबारे चासो राख्दै कतारले दुई वर्षअघि नेपाल सरकारलाई पत्राचार गरेको थियो ।

निकुन्जका अधिकारीका अनुसार गत माघ ४ गते कतारको टोली चितवन गएर फर्किएको थियो । त्यसलगत्तै कतार एयरलाइन्सका अधिकारी पनि हात्ती लैजाँदा विमानभित्र अपनाउनुपर्ने प्राविधिक पक्ष बुझ्न आएको थियो । साथै, निकुन्जका अधिकारीहरु मनोजकुमार साह, विजयकुमार श्रेष्ठ समेतको टोलीले कतारको अलखोर जु हेरेर फर्केको थियो ।