२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउमाथि कोलकाताको सहज जित



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले लखनउ सुपर जाइन्ट्स (एलएसजी)लाई पराजित गरेको छ ।

कोलकाताको जारी सिजनमा यो चौथो जित हो । सिजनको २८ औँ खेलमा आइतबार कोलकाताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लखनउमाथि कोलकाताको यो पहिलो जित समेत हो ।

कोलकाताका फिल साल्टले २६ बलमा अर्धशतक बनाए । यो सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यो उनको आईपीएल करियरको चौथो अर्धशतक हो । उनी ४७ बलमा ८९ रनसहित अविजित रहे ।

यस्तै कप्तान श्रेयस ऐयर ३८ रनमा नटआउट रहे । लखनउका मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । एलएसजीका लागि बायाँ हाते ब्याट्सम्यान निकोलस पुरनले सर्वाधिक रन बनाए । उनले ३२ बलमा ४५ रनको इनिङ खेले । उनका अलावा कप्तान केएल राहुलले ३९ र आयुष बडोनीले २९ रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिए । वैभव अरोरा, आन्द्रे रसेल, वरुण चक्रवर्ती र सुनिल नारायणले एक-एक विकेट लिए ।