• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

लखनउले कोलकातालाई १६२ रनको लक्ष्य दियो



काठमाडौँ । लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १६२ रनको लक्ष्य दिएको छ ।

लखनउविरुद्धको इडेन गार्डेन स्टेडियममा भएको पहिलो खेलमा कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो ।

एलएसजीका लागि बायाँ हाते ब्याट्सम्यान निकोलस पुरनले सर्वाधिक रन बनाए । उनले ३२ बलमा ४५ रनको इनिङ खेले । उनका अलावा कप्तान केएल राहुलले ३९ र आयुष बडोनीले २९ रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिए । वैभव अरोरा, आन्द्रे रसेल, वरुण चक्रवर्ती र सुनिल नारायणले एक-एक विकेट लिए ।