८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलरसहित काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्रीलाई पक्राउ गरेको हो।

क्षेत्री नेपाल एयरलाइन्सको उडानद्वारा दुबई जान लागेका थिए। चेकजाँच गर्ने क्रममा क्षत्रीलाई अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट  उक्त रकमसहित फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।