२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको घरबाहिर गोली चल्यो



अ+ अ-

एजेन्सी । आइतबार बिहान ५ बजे बलिउड अभिनेता सलमान खानको घर बाहिर फायरिङ भएको थियो ।

बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेका थिए । घरको सुरक्षा बढाइएको र मुम्बई प्रहरीको अपराध शाखा अनुसन्धानका लागि आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए । खानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

फोरेन्सिक टोलीले बालकनीमा गोलीको निशान फेला पारेको छ । हालसम्म सलमानको घरमा दुईवटा गोलीको निशान भेटिएको छ । एउटा बाहिरी पर्खालमा र अर्को बालकनीको पर्खालमा । यस मामिलामा मुम्बई प्रहरीले ग्यालेक्सी अपार्टमेन्टका ४ जना चौकीदारको बयान रेकर्ड गरेको छ, जो घटनाको समयमा त्यहाँ उपस्थित थिए ।