२६ भाद्र २०८३, शुक्रबार
,
Latest
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब किंग्सलाई दोहोरो झट्का, कप्तान शिखर धवनबारे नराम्रो खबर



अ+ अ-

काठमाडौँ । पञ्जाब किंग्सलाई दोहोरो झट्का लागेको छ । टोलीले गएको खेल राजस्थान रोयल्ससँग खेलेको थियो, जसमा उसले हार बेहोरेको थियो । अहिले पञ्जाबका कप्तान शिखर धवनको बारेमा नराम्रो खबर आएको छ ।

राजस्थान रोयल्सविरुद्धको खेलमा धवन चोटका कारण टोलीबाट बाहिर भएका थिए । अब आएको नयाँ अपडेटले धवन एक खेल मात्र नभई अर्को केही खेलबाट बाहिरिने देखाएको छ ।

धवनको अनुपस्थितिमा राजस्थान विरुद्ध पञ्जाब किंग्सको कमाण्ड साम करनले लिएका थिए । धवनको चोटको बारेमा, पञ्जाब किंग्सका क्रिकेट विकास प्रमुख सञ्जय बांगरले भने, ‘हामीले उनलाई मिस गर्यौं किनभने उनको काँधमा चोट थियो । त्यसैले म भन्छु कि उनी अबका केही खेलहरु बाहिर रहन सक्छन् । हामीले कुर्नुपर्छ र उनले उपचारमा कस्तो प्रतिक्रिया दिन्छ भनेर हेर्नुपर्छ, तर अहिले यस्तो देखिन्छ कि उनी अर्को ७ देखि १० दिनसम्म बाहिर हुन सक्छन् ।’

अबको १० दिनभित्र पञ्जाबले आफ्ना दुवै खेल घरेलु मैदानमा मात्र खेल्नेछ । पहिलो खेल बिहीबार अप्रिल १८ मा मुम्बई इन्डियन्ससँग हुनेछ । यसपछि घरेलु मैदानमा पञ्जाबको अर्को खेल अप्रिल २१ मा आइतबार गुजरात टाइटन्ससँग हुनेछ ।




भर्खरै