• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

पञ्जाब किंग्सलाई दोहोरो झट्का, कप्तान शिखर धवनबारे नराम्रो खबर



काठमाडौँ । पञ्जाब किंग्सलाई दोहोरो झट्का लागेको छ । टोलीले गएको खेल राजस्थान रोयल्ससँग खेलेको थियो, जसमा उसले हार बेहोरेको थियो । अहिले पञ्जाबका कप्तान शिखर धवनको बारेमा नराम्रो खबर आएको छ ।

राजस्थान रोयल्सविरुद्धको खेलमा धवन चोटका कारण टोलीबाट बाहिर भएका थिए । अब आएको नयाँ अपडेटले धवन एक खेल मात्र नभई अर्को केही खेलबाट बाहिरिने देखाएको छ ।

धवनको अनुपस्थितिमा राजस्थान विरुद्ध पञ्जाब किंग्सको कमाण्ड साम करनले लिएका थिए । धवनको चोटको बारेमा, पञ्जाब किंग्सका क्रिकेट विकास प्रमुख सञ्जय बांगरले भने, ‘हामीले उनलाई मिस गर्यौं किनभने उनको काँधमा चोट थियो । त्यसैले म भन्छु कि उनी अबका केही खेलहरु बाहिर रहन सक्छन् । हामीले कुर्नुपर्छ र उनले उपचारमा कस्तो प्रतिक्रिया दिन्छ भनेर हेर्नुपर्छ, तर अहिले यस्तो देखिन्छ कि उनी अर्को ७ देखि १० दिनसम्म बाहिर हुन सक्छन् ।’

अबको १० दिनभित्र पञ्जाबले आफ्ना दुवै खेल घरेलु मैदानमा मात्र खेल्नेछ । पहिलो खेल बिहीबार अप्रिल १८ मा मुम्बई इन्डियन्ससँग हुनेछ । यसपछि घरेलु मैदानमा पञ्जाबको अर्को खेल अप्रिल २१ मा आइतबार गुजरात टाइटन्ससँग हुनेछ ।