२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजान्छौ: गृहमन्त्री लामिछाने

नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजान्छौ: गृहमन्त्री लामिछाने
अ अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने बताउनु भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्दे गृहमन्त्री लामिछानेले यस्तो बताउनु भएको हो ।

उहाँले सडकसँग सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच सार्थक सहकार्य आवश्यक रहेको बताउनु भयो ।उहाँले ऐन, कानुन सुधारमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्ता व्यक्त गर्दे नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सडक सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले रोड टेष्ट बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने बताउनु भयो । गृहमन्त्री लामिछानेले यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रहगर्दे त्यसलाई कार्यान्वयनमा लैजाने आश्वसन दिनुभयो ।

उहाँले ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनु पर्ने बताउदै हाल तिराउने गरिएको जरिवाना रकममा बृद्धि गरिने बताउनु भयो ।

ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिइने जनाउदै उहाँले चालकसँग १/२ सय लिएर संगठनकै वेइजत नगर्न आग्रह गर्दे सरकारले वृति-विकासमा ध्यान दिने बताउनु भयो ।

काठमाडौंको न्युरोड गेटबाट सुरु भएको र्‍यालीमा सहभागी भई मन्त्री लामिछानेले अभियानको सुरुवात गर्नु भएको हो।

सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले बताउनु भयो ।