२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो

सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो
अ अ+ अ-

अर्घाखाँची । नयाँ वर्षको दिन धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको घुइँचो लागेको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो ।

समितिका अध्यक्ष फर्सबहादुर केसीका अनुसार सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको दोसाध सुपामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ । अन्य दिन दैनिक दुई हजारको हाराहारीमा भक्तजन आउने यस मन्दिरमा नयाँ वर्षको दिन १० हजारभन्दा बढीले दर्शन गरेका उहाँले जानकारी दिनुभयो ।

उक्त मन्दिर समुद्र सतहबाट करिब चार हजार पाँच सय फिटको उचाइमा रहेको छ । सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार आजको दिन तराईका विभिन्न जिल्लाबाट गर्मी छल्न तथा नयाँ वर्षमा सपरिवार रमाइलो गर्न मन्दिर र नरपानी क्षेत्रमा आएका हुन् ।

यो मन्दिर प्राचीन निर्माण सामग्री प्रयोग गरी बनाइएको समितिले जनाएको छ । भाकल गर्नेले इच्छा पूरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन् । आजभोलि नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट मानिस बढी आउने गरेका छन् ।

शक्तिपीठका रूपमा परिचित सुपा देउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको सन्धिखर्क–८ का वडाध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । जे भाकल ग¥यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको उहाँको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किलोमिटर दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला–ठूला पहाडको खोचमा प्राचीन शैलीमा उक्त मन्दिर निर्माण गरिएको छ ।

मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरूप एकै खालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क तथा धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पु¥याउन आवश्यक पूर्वाधार विकासलगायत विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।

सुपा देउराली मन्दिरमा सङ्कलन हुने भेटीले जिल्लाका चारवटा विद्यालयमा निजी शिक्षकहरूका लागि तलब प्रदान गर्दै आइएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष चेतलाल पुरीले बताउनुभयो ।

मनको इच्छा पूरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पूजा गरेपछि भेटी चढाउँछन् । त्यही भेटीबाट सन्धिखर्क–७, खाँचीकोटको आदर्श मावि, शीतगङ्गा–२, सीतापुरको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयका १० जना शिक्षकले तलब पाइरहेका उहाँले जानकारी दिनुभयो ।

भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माणलगायत काममा खर्च भइरहेको समितिका सचिव खनालको भनाइ छ । मन्दिरमा आउने धार्मिक दर्शनार्थीको सुविधाका लागि धर्मशाला पनि निर्माण भइरहेको सन्धिखर्कका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पार्किङ निर्माणका लागि पनि पहल भइरहेको उहाँको भनाइ छ । रासस