• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन ★   अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रक्रिया उल्टो भयो: सांसदहरु ★   थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द ★   सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै ★   मन्त्री चौधरीसँग इजरायली राजदूत गोडरको भेट, विपिनको रिहाइबारे छलफल ★   विद्यार्थी सङ्ख्या नियन्त्रण गर्ने कदम अर्थतन्त्रको लागि हानिकारक हुने: अष्ट्रेलिया ★   राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस्: सचेतक डाँगी ★   शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छ: सचेतक चौधरी ★   काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न काँग्रेसको सरकारसँग माग ★   ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो: उपाध्यक्ष पौडेल



बलेवा (बागलुङ): नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेकपा ९एमाले० बागलुङको १०औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताउनुभयो । गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उहाँको भनाइ थियो ।

वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय वर्वाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो । गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समिकरणमा प्वाल पारेर आफु सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उहाँको भनाइ थियो । राज्यका निकायहरुले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उहाँले बताउनुभयो ।

“छानबिन नगर्ने भन्ने होइन्, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन्, उसले सत्ता समिकरण विगार्नका लागि मात्रै यो माग गरिरहेको छ” उपाध्यक्ष पौडेलले भन्नुभयो– “संसद्को समय दुरुपयोगको काममा मात्रै कांग्रेस तल्लीन भयो ।” वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने भन्दै उहाँले अहिलेको समिकरण विगार्न लागेकाप्रति एमाले सचेत रहेको बताउनुभयो ।रासस