• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   हुरीबतासको क्षति: बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी ★   केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्‍याउने गरी जुटेका छौँ: मन्त्री गिरी ★   मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने ! ★   शीतल गुफा ओझेलमा ★   दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छ: मन्त्री बस्नेत ★   धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन ★   अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रक्रिया उल्टो भयो: सांसदहरु ★   थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द ★   सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै ★   मन्त्री चौधरीसँग इजरायली राजदूत गोडरको भेट, विपिनको रिहाइबारे छलफल

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो: उपाध्यक्ष पौडेल



बलेवा (बागलुङ): नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेकपा ९एमाले० बागलुङको १०औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताउनुभयो । गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उहाँको भनाइ थियो ।

वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय वर्वाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो । गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समिकरणमा प्वाल पारेर आफु सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उहाँको भनाइ थियो । राज्यका निकायहरुले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उहाँले बताउनुभयो ।

“छानबिन नगर्ने भन्ने होइन्, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन्, उसले सत्ता समिकरण विगार्नका लागि मात्रै यो माग गरिरहेको छ” उपाध्यक्ष पौडेलले भन्नुभयो– “संसद्को समय दुरुपयोगको काममा मात्रै कांग्रेस तल्लीन भयो ।” वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने भन्दै उहाँले अहिलेको समिकरण विगार्न लागेकाप्रति एमाले सचेत रहेको बताउनुभयो ।रासस