९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घट्यो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिवार बर्डफ्लु संक्रमण भएको पुष्टि भएको थियो । बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । शनिवार तारकेश्वरमा बर्डफ्लुको संक्रमण देखिएसँगै कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा झरेको बताइएको छ ।

मासु व्यवसायी संघले भने मासुको मूल्य घट्नुमा बर्डफ्लुमात्रै कारण नभएको दाबी गरेको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले अहिलेसम्म कुखुरामा संक्रमण नदेखिएकाले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् । यो रोग मानिसँग सम्बद्ध नभई पक्षीजन्य रोग भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।

मासुको मूल्य घटेसँगै कुखुरापालक किसानहरू त्रस्त भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म थला परेको पोल्ट्री व्यवसायले लय समातिरहेका बेला बर्डफ्लु भित्रिनु किसानका लागि थप चिन्ताको विषय बनेको सरोकारवालाहरूले बताएका छन् । कुखुरामा संक्रमण पुष्टि भइनसेकाले किसानहरूलाई हतास नहुन पोल्ट्री व्यवसायी महासंघले आग्रह गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  प्रशान्त खड्काले लेखेका छन् ।