२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

किन भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो ? चालू आवमै १७ अर्बको भटमासको तेल निर्यात

किन भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो ? चालू आवमै १७ अर्बको भटमासको तेल निर्यात
अ अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा नेपालबाट रू। १७ अर्बको भटमासको तेल निर्यात भएको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालले रू। ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो । यस अवधिमा अघिल्लो वर्ष शीर्षस्थानमा रहेको पाम तेलको निर्यात भने २७औं नम्बरमा पुगेको छ । अघिल्लो आवको पहिलो ६ महीनामा रू। १३ अर्ब ८९ करोडको पाम तेल निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू। ४ लाखको मात्रै निर्यात भएको छ ।

पाम तेलको निर्यात आव २०७५/७६ को शुरूदेखि नै बढ्दै गएको थियो । अघिल्लो वर्ष पुस अन्तिम साता भारतले कुल निर्यातको करीब २४ प्रतिशतसम्म अंश रहेको पामको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो । नेपालका लागि पाम र भटमासको तेलको बजार भारत हो । नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयलको आयात गरी प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका थिए ।

भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले पामको सट्टा भटमासको तेलको उद्योगमा भटमासको तेलको उत्पादन गर्न शुरू गरेका हुन् । भारतले प्रतिबन्ध लगाउनुअघि वीरगञ्ज र विराटनगर गरी १८ ओटा उद्योगबाट व्यवसायीले ८० प्रतिशतसम्म पाम र बाँकी भटमासको तेल उत्पादन गर्ने गरेका थिए । भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले पामको विकल्पको रूपमा भटमासको तेललाई अघि सारेका हुन् । आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।