२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

शैक्षिक क्षेत्रमा कोरोनाको प्रभावः त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट मात्रै

शैक्षिक क्षेत्रमा कोरोनाको प्रभावः त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट मात्रै
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो । विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।

आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ । यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको नतिजा पनि छिट्टै प्रकाशित गर्दैछ ।

बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । बोर्डको कार्यतालिकालाई मिलाएर स्नातक तहको भर्ना खोलिएको जानकारी शिक्षाध्यक्ष भुसालले दिनुभयो । कक्षा १२ को नतिजा प्रकाशन र स्नातक तहको नयाँ भर्ना खोल्ने समयका बीचमा एक दुई महिनाभन्दा बढी फरक नहुने गरी मिलाइने जनाइएको छ । यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । यसअघि चैतमा स्नातकोत्तर तहको शैक्षिक सत्र सुरु गर्ने गरिए पनि अब भने वैशाखबाट मात्रै शैक्षिक सत्र सुरु गर्ने तयारीमा आफूहरू पुगेको जानकारी शिक्षाध्यक्ष भुसालले दिए ।

हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उनको भनाइ छ । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।