२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

आज माघ १९, व्यवस्था फेरिएर अवस्था नफेरिएपछि गणतन्त्रमै राजाको खोजी !

आज माघ १९, व्यवस्था फेरिएर अवस्था नफेरिएपछि गणतन्त्रमै राजाको खोजी !
अ अ+ अ-

काठमाडौं । आज माघ १९ गते । नेपालको राजनीतिक इतिहासमा माघ १९ भनेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०६१ सालमा आजकै दिन आफू नै देशको कार्यकरी प्रमुख भएको घोषणा गरी शासन सत्ता हातमा लिएको दिनको स्मरण हुन्छ । 

राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरेर उनको मन्त्रिमण्डललाई असक्षम घोषणा गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेक थिए र राजकीय मात्र नभएर शासकीय सत्ता नै आफ्नो हातमा लिएका थिए । 

माघ १९ गते शुक्रबारका दिन बिहान करिब ११ बजे आएको राजाको त्यो घोषणासँगै देशमा पुनः राजतन्त्रको पञ्चायती मोडेलमा फर्काउने दुस्प्रयास भएको थियो । तर सम्भव भएन । करिब १४ महिनाको राजाको प्रत्यक्ष शासनपछि देशमा लोकतन्त्रको पुनर्बहाली भयो र राजाको हातबाट शासनको बागडोर पनि खोसियो । तर यत्तिमा मात्र सीमित रहेन अर्थात राजाको हातबाट सत्तामात्र खोसिएन त्यसका एकाध वर्षहरुपछि श्रीपेच नै खोसियो । राजतन्त्रको मुलुकम अन्त्यको घोषणा नै हुनपुग्यो । 

त्यस समयमा राजानको सो शासनको दिनलाई शाही ‘कू’को संज्ञा दिइयो र नेपालको राजनीतिमा कालो दिनको रुपमा स्मरण गरिन्छ । हुनत मुलुक हिंसात्मक द्वन्द्वमा थियो । राजनीतिक दलले जनतालाई शान्ति दिन सकेका थिएनन्, तर जनता शान्तसँग बाच्न चाहन्थे । त्यसैले राजाको त्यो घोषणासँग जनता केही हदसम्म आशावादी पनि बने शुरुका केही हप्ता ।

तर पनि राजाले नै जब आउट डेटेड भएका पुराना पञ्चहरुलाई लिएर शासनमा उत्रिए तब फेरि जनतामा निराशा छायो । उनी कमल थापा प्रवृत्तिहरुले देशलाई उपदेश दिन थालेपछि जनताको मन पर्यो र आफ्ना नागरिक अधिकारको बहालीको माग राखी सडकमा राजाका विरुद्धमा उत्रिए । 

ज्ञानेन्द्र शाहको यो कदमबाट बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त भएपछि तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।

यो आन्दोलनले संसद पुनःस्थापना गर्यो संसदले संविधान सभा निर्वाचन गरायो र संविधान सभाले नयाँ संविधान जारी गर्दै देशमा गणतन्त्रको उदय भयो । 

हो, यही संविधानपछिको पहिलो सरकारका प्रधानमन्त्री छन् केपी ओली । प्रधानमन्त्री ओलीले अबको तीन दिनपछि राजधानीमा आफ्नो पार्टी नेकपाको आमसभाको आयोजना गरेका छन् । अहिले यी हरफहरु ेलेखिरहँदा पनि लाग्दैछ प्रधानमन्त्री ओलीले त्यस दिन के घोषणा गर्दैछन् ? 

यो प्रश्न यस पंक्तिकारले उठाएको होइन, गएका केही दिनयतादेखि नेपाली जनताले उठाएका छन् । नयाँ संविधानले गणतन्त्र र धर्म निरपेक्षताको व्यवस्था गर्यो । देश धार्मिक निरपेक्षतामा प्रवेश गरेपछि वर्तमान प्रधानमन्त्रीले पनि इश्वरको नाममा सपथ लिन मानेन् । 

हुनत धर्म कोही पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको कुरा हो, र कसैलाई किन मन्दिर गएको भन्न मिल्दैन । तर पनि गत हप्ता प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरेको पूजाको सामान्य मात्र अर्थ छैन, यो राजनीतिसँग पनि जोडिन सक्छ । 

अहिले जनता भन्दैछन्, प्रधानमन्त्रीले २३ गतेको सभामा आफ्नो पार्टी हिन्दू धर्मको पक्षमा रहने भन्ने घोषणा पो गर्दैछन् कि ? अर्थात के नेपालमा अब राजतन्त्रको आगमन हुदैछ ? यी प्रश्न भनौँ या जिज्ञासाहरु पनि जनताबाटै आएका छन् । अझ कतिले त के प्रधानमन्त्रीले नेपालमा राजतन्त्र ल्याउने विषयमा सहमति गर्दैछन् ? 

हो, यस्ता प्रश्नहरु अहिले नेपाली बजारमा बग्रेल्ती छन् । किनभने राजा ज्ञानेन्द्रले जसरी देशै सके भनेर प्रचार गरियो र राजतन्त्रको अन्त्य गरियो अहिले पनि देशमा रामराज्य आएन, छैन । व्यवस्था फेरियो जाताको अवस्था उस्तै छ । 

अझ कतिपयले त विसं २०६१ को माघ १९ मा राजा ज्ञानेन्द्रले गरेको घोषणाभन्दा अहिलेका प्रधानमन्त्रीले गरेको संसद विघटन के फरक छ र भनेर पनि प्रश्न गरिरहेका छन् । यसरी नेता फेरिए, सत्ता फेरियो तर पात्र फेरिएका छैनन् । यी पात्र यस्ता छन् कि यीनले जनताको मुखमा हाँसो भर्न सकेका छैनन् । 

त्यसैले पनि जनताले यो गणतन्त्रको युगमा पनि राजतन्त्रको खोजी गर्दैछन् । त्यसो भए हामीलाई गणतन्त्रले के दियो त भनेर बारम्बार प्रश्न गरिरहेका छन् ।