• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए

ग्रिसमा आप्रवासी सवार डुङ्गा पल्टिँदा तीन बालिकाको मृत्यु



एजेन्सी । ग्रिसको चियोस टापुको चट्टानी उत्तरपश्चिमी तटमा आप्रवासी डुङ्गा पल्टिँदा त्यसमा सवार कम्तीमा तीन बालिकाको मृत्यु भएको तटरक्षकहरूले बुधबार बताएका छन् । खोज र उद्धार कार्य जारी रहेको बताइएको छ ।

मृतक बालिकाहरूकी आमाले पाँच, सात र १० वर्षका छोरीहरू बेपत्ता भएको पुष्टि गर्नुभएको ग्रिक तटरक्षकले बताएका छन् । टर्कीबाट रातारात उडेका नौसेनाका तीन जहाजले डुङ्गामा सवार आठ नाबालिग र डुबेका बालिकाहरूकी आमासहित १९ आप्रवासीलाई उद्धार गरेका छन् ।

डुङ्गामा कति सवार थिए भन्नेबारे अधिकारीहरूले स्पष्ट नभएको बताएका छन् । यद्यपि सार्वजनिक प्रसारक इआरटीले डुङ्गामा मुख्यरूपमा अफगानसहित २७ जना सवार रहेको बताएको छ । रातको समयमा चियोस तटमा पौडन सफल तीन अफगानले अधिकारीहरूलाई सतर्क गराएको इआरटीले जनाएको छ ।

युरोपेली सङ्घ (इयु)सम्म पुग्न खोज्ने आप्रवासीहरूका उत्तरपूर्वी एजियन सागरमा रहेको चियोस टापु एउटा प्रवेशद्वार हो । शरणार्थीहरूका लागि उच्चायुक्त कार्यालयका अनुसार यस वर्षको प्रारम्भदेखि ग्रिक टापुहरूमा ११ हजार तीन सयभन्दा बढी आगमन रेकर्ड गरिएको छ ।

सन् २०२३ मा करिब ४५ हजार शरण खोज्नेहरू ग्रिस पुगेका थिए । यीमध्ये अधिकांश टर्कीएबाट नजिकका टापुहरूमा आएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार यो चार वर्षमा सबैभन्दा धेरै सङ्ख्या थियो । सन् २०२३ जुनमा पाइलोसको तटमा डुङ्गा डुब्दा त्यसमा सवार ८२ मानिस डुबेका थिए भने सयौँ बेपत्ता भएका थिए ।

उक्त त्रासदीको धेरै अनुसन्धान अहिले पनि भइरहेको छ । केही गैरसरकारी संस्थाहरूले ग्रिक तटरक्षकहरूमाथि उनीहरूको सहायताका लागि आउन ढिलाइ गरेको आरोप लगाएका छन् ।