२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

राष्ट्रपति भण्डारीकी छोरीले भनिन्- यो खबर रामकुमारी झाँक्रीलाई सुनाइदिनु

राष्ट्रपति भण्डारीकी छोरीले भनिन्- यो खबर रामकुमारी झाँक्रीलाई सुनाइदिनु
अ अ+ अ-

काठमाडौं । नेकपा नेत्री रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि लगाएको आक्षेपको यतिबेला सामाजिक सञ्जालमा खुब ठूलो चर्चा चलेको छ । उनले राष्ट्रपति भण्डारीलाई कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न या बालकोटमा डेरा सर्न भनेकि थिइन् । यस विषयको उनको यो प्रतिक्रियाको निकै आलोचना पनि भएको थियो ।

यसै विषयमा राष्ट्रपति भण्डारीकी छोरी उषा किरण भण्डारीले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेकी छिन्ः

''मेरो mummy ले मलाई बोलाउनु भयो अनि भन्नुभयो – सबै leadership मा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउँछन् – पहिलेको समयमा इन्दिरा गाँधीदेखि अन्तरराष्ट्रिय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो । आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथि यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।

मेरो momi को बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखि हो – यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके। उनीहरूका नयाँ र neo अवतार अहिले छन् । म त्योबेला ११ वर्ष जति थिएँ, mom ले phone मा भन्नुहुँदै थियो – “म किन अभियानमा ननिसकिनु !? किन घरमा लुक्नु !? उनीहरुले यही चाहेर यो सब गर्दैछन् – म भाग्दिनँ ।” मलाई त्योदिन देखि नै हिम्मत प्राप्त भयो । mom ले हामीलाई आफ्नो साहस र दृदताबाट शिक्षित गर्नु भएको छ।

१. महिना अघि मैले यहीं ( facebook मा) भनेको थिएँ – अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो – हामीले आवाज बुलन्द नगरे यस्तो crime ले झन ठुलो रूप लिन्छ – एक महिना नबित्दै त्यही भयो।

यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु

१) गल्ती सेतो सारीमा होइन गल्ती दृष्टिकोणमा छ

२) गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो – अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ – सोध्नुहोस गएर !

३) तपाईं communist schooling को हो भने – सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने – मेरो mom एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो – तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ – हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए – उहाँले daddy लाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो !? हामी ९/१० वर्षको ले बुझ्यौ उहाँ tragedy संग cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थ्यो । तपाईं महिला, ठूलो मान्छे भएर यति बुझनु भएन !!? तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो । राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले गर्दा  उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिँदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ । जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन। यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथि career महत्वकांक्षा हो भने- ठाउँ साटौं । तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ । लिएर जानुस् झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु ।'' 

तीन दिन अघि गोरखामा आयोजित एक विरोध कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कटाक्ष गर्दे अभिव्यक्ति दिनु भएको थियो । झाँक्रीले भन्नुभएको थियो – राष्ट्रपतिको कुरा त के गर्नु ? बडामहारानीले त अस्ति चुनाव हुन्छ भन्नु भएछ । बडामहारानीलाई म गोरखाबाट यो सन्देश दिन चाहन्छु – निर्वाचनको लागि कारगेड छाडेर सुखसुविधा, ऐस आराम छाडेर, शीतल निवास छाडेर पहिला काेटेश्वरमा आउनुहोस् । चाबहिल कि बानेश्वर कतातिर बसाई छ भन्ने सुनेको छु । होइन भने बालकोटतिर गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुहोस् तपाइसँग म पनि अलि भारी हुन्छु होला यही रेखा लोप्चनलाई चुनाब लडाउछु र हराउँछु । राष्ट्रपति भण्डारी बिरुद्ध दिएको अभिव्यक्ति यतिबेला विवादको विषय बनेको छ ।