• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

भुवनेश्वर कुमारले इतिहास रचे, अनौठो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो खेलाडी बने



एजेन्सी । सनराइजर्स हैदरावादका फास्ट बलर भुवनेश्वर कुमारले आईपीएल २०२४ को २३ औं खेलमा मंगलबार पञ्जाब किंग्सविरुद्धको खेलमा इतिहास रचेका छन् ।

भुवनेश्वर कुमारले सनराइजर्स हैदरावादको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए, जुन घरेलु मैदानमा उनको पहिलो जित पनि थियो ।

भुवनेश्वर कुमारले पञ्जाब किंग्सविरुद्ध आफ्नो चार ओभरको स्पेलमा ३२ रन दिएर दुई विकेट लिए । ३४ वर्षीय तीब्र गतिका बलरले रविचन्द्रन अश्विनलाई पछि पार्दै आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने पाँचौं खेलाडी बने ।

प्याट कमिन्सले पहिले जोनी बेयरस्टोलाई आउट गरे र त्यसपछि भुवनेश्वर कुमारले प्रभसिमरन सिंह र पञ्जाब किंग्सका कप्तान शिखर धवनलाई आफ्नो शिकार बनाए । धवनको विकेट दुर्लभ थियो । हैदराबादका विकेटकिपर हेनरिक क्लासेनले उत्कृष्ट स्टम्पिङ गरे ।

भुवीले रचे इतिहास
शिखर धवनको विकेट आईपीएलको इतिहासमा यस्तो नवौं अवसर थियो, जहाँ ब्याट्सम्यान फास्ट बलरको बलमा स्टम्प आउट भएका थिए । आईपीएलको इतिहासमा आठ वर्षमा पहिलो पटक यस्तो भएको हो । भुवनेश्वर कुमारले आईपीएल इतिहासमा दुई ब्याट्सम्यानलाई स्टम्प आउट गर्ने पहिलो फास्ट बलर बनेपछि इतिहास रचे ।

भुवनेश्वर कुमारले ११ वर्षपछि आइपिएलमा कुनै ब्याट्सम्यानलाई स्टम्पिङ गर्दै आउट गरेका छन् । यसअघि २०१३ को संस्करणमा भुवनेश्वर कुमारले पुणे वारियर्सबाट खेल्दा कोलकाता नाइट राइडर्सका मनविन्दर बिस्लालाई स्टम्प गरेका थिए । भुवनेश्वर कुमारले आईपीएलमा १७३ विकेट लिएका छन्, जुन भारतीय फास्ट बलरमध्ये उत्कृष्ट हो ।