• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा



काठमाडौं । एभरेष्ट बैंकले शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धार्केमा १०१ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

एभरेष्ट बैंकले फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । सबै बर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पुर्‍याउने प्रयास स्वरुप यस बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोशिस गरिरहेको छ । मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा.सन्धिर कुमारले संयुक्त रुपमा शाखा उद्घाटन गर्नुभएको हो ।

बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङलगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो । हाइवेसंगै रहेको यस शाखामा ब्त्ः सेवा २४ घन्टा खुल्ला रहनेछ जसबाट ग्राहाकहरुलाई अझै सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । 

यस बैंकले नेपालभर ११ लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथै १०० स्थानीय शाखा संजाल, ३१ राजस्व संकलन काउन्टर, १३१ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको छ ।