• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

अफिसमा इमर्जेन्सी पारिवारिक छुट्टी मागेकी महिलालाई बोसले आईपीएल हेर्दा टिभीमा लाइभ देखेपछि…



एजेन्सी । आईपीएललाई अतुलनीय प्रिमियर लिग यसै भनिदैन, जहाँ अनौठो शट, क्याच, बलिङ, ब्याटिङ, चौका र छक्का देखिन्छन् । उही समयमा, स्टेडियम भित्र र बाहिर अनौठो मानिसहरू कुनै न कुनै कारणले भाइरल हुन्छन् ।

यस्तै घटना रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र लखनउ सुपर जायन्ट्स (एलएसजी)बीचको खेलमा देखिएको थियो । जब रंगशालामा बसेका एक दर्शकको रोचक क्रियाकलाप अहिले भाइरल भइरहेको छ ।

कुनै पनि खेल सुरु हुनु अघि नै, फ्यानहरू टिभी अगाडि बस्छन् वा मोबाइलमा खेल हेर्छन् वा जियो सिनेमा खोल्छन् र बस्छन् । धेरै दर्शकले टिकट काटेर रंगशालामा खेलको रमाइलो गरेका छन् । कोही घरको समस्या देखाउँदै झुट बोलेर खेल हेर्न रंगशालामा आउँछन् भने कतिपयले अफिसमा आफ्नो हाकिमसँग झुट बोलेर खेल हेर्न स्टेडियम जान्छन् ।

एउटी युवतीले पनि आफ्नो हाकिमसँग झूट बोलेर बिदा लिएर खेल हेर्न स्टेडियम पुगिन् । उनले घरमा आपतकालिन परेकाले छुट्टी लिनुपरेको बताएकी थिइन् । रोयल च्यालेन्जर्स बैंगलोरकी महिला फ्यान नेहा द्विवेदीले आफ्नो मालिकसँग झूट बोलिन् र अफिसबाट चाँडो बिदा लिएर खेल हेर्न स्टेडियम पुगिन् ।

तर उनको मालिकले उनलाई टिभीमा देखेपछि उनको रहस्य खुल्यो । नेहा द्विवेदीले इन्स्टाग्राममा भिडियो अपलोड गर्दै सम्पूर्ण घटना सुनाइन् । नेहाले भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘मोये–मोये दिनप्रतिदिन वास्तविक हुँदै गइरहेको छ ।’ उनले म्याच हेर्दै गर्दा हाकिमले टिभीमा देखे र म्यासेज गरेर सोधपुछ गरेको बताइन् । मालिक पनि खेलप्रेमी थिए, त्यसैले नेहालाई झूट बोल्दा पनि कुनै समस्या भएन ।