• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

काँग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति बनाइएन: सचेतक थिङ



काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकारले नेपाली काँग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति नबनाएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणका लागि संसदीय छानविन समिति बनाउन माग गरेपनि सरकारले काँग्रेसलाई गलाउनका लागि गठन नगरेको बताउनुभएको हो । उहाँले काँग्रेसलाई थकित गराउनका लागि सरकारले आफुहरुको कुरा नसुनेको भन्दै बाध्य भएर आफुहरुले संसदमा उभिनु परेको बताउनु भयो । उहाँले संसदको कुनैपनि काम, कारबाही अगाडी नबढाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सूर्य दर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ । यो एक अर्ब कम्पनीले लान पाउँछ कि पाउँदैन ? यो गैर कानूनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन ? यो प्रश्न गर्न चाहान्छु । पाउँछ भने गोर्खा मिडिया कम्पनीको सञ्चालक खोज्न पर्दैन ? गोर्खा मिडिया कम्पनीले अर्बौ रुपैयाँ गैरकानूनी लिदाँको सञ्चालक र प्रवन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? दण्ड हुन्छ कि हुँदैन ? रवि लामिछानेको ठाउँमा अरु जो कोही भएको भएपनि अनुसन्धान हुन्थ्यो होला ।’

‘कानून लाग्थ्यो होला । रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने ? यो कस्तो सरकार हो ? सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ? काँग्रेसले विगत धेरै दिनदेखि संसदमा चलेको विषयहरुको कुरा उठाउँदाखेरी पनि सरकारले वास्ता नगरेको कारणले, गैरजिम्मेवार भएको कारणले, सूचना दिँदा दिँदा सरकारले कांग्रेसलाई गलाउनका लागि, थकित गराउनका लागि यो संसदीय छानविन समिति गठन नगरेको कारणले हामी बाध्य भएर उभिएका छौँ । कुनै पनि काम, कारबाही अगाडी नबढाउनको निम्ति अनुरोध गर्दछु । सरकार गैर जिम्मेवार भएर हामीलाई बाध्य नबनाओस् ।’

सचेतक थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिव १ अर्ब रुपैयाँ गैरकानूनी रुपमा गोर्खा मिडिया कम्पनीमा लगाइएको भन्दै त्यस्तो काम गर्नेले दण्ड पाउँछ पाउँदैन भनेर प्रश्न गर्नुभयो । उहाँले गोर्खा मिडिया कम्पनीको तत्कालिन सञ्चालक र प्रवन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? भन्ने उहाँको प्रश्न छ । उहाँले गृहमन्त्री रवि लामिछाने भएको कारण अनुसन्धान रोकिएको बताउनु भयो ।