• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’

एड सिरनले शुभमन गिललाई उनकी प्रेमिकाको नाम सोधेपछि…



एजेन्सी । आईपीएल क्रिकेटको कहर भारतमा मात्रै नभई विश्वभर नै छ । यसैबीच, प्रसिद्ध गायक एड सिरनले भारतमा कन्सर्ट गरे र त्यसपछि भारतीय क्रिकेटर शुभमन गिललाई भेटे । तन्मय भट पनि शीरन र गिलसँग देखिएका थिए र तीनैजनाले धेरै रमाइलो गरेका थिए ।

एड शीरनले आफ्नो इन्स्टाग्राम खातामा तन्मय भट र शुभमन गिलसँगको रमाइलो भिडियो पनि पोस्ट गरेका छन् । कुराकानीका क्रममा सिरनले शुभमन गिललाई आफ्नी प्रेमिकाको नाम पनि सोधे । त्यसपछि गिलले दिएको जवाफ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एड सिरनले शुभमन गिललाई सोधे – के तिम्रो प्रेमिका छ ? जसमा गुजरात टाइटन्सका कप्तानले मुस्कुराउँदै जवाफ दिए – छैनन् ।

सिरनले जवाफ दिँदै ‘बजारमा एक केटा छ, जसको मतलब शुभमन गिल योग्य ब्याचलर’ रहेको बताए । शीरनले यो पनि बताए कि उनकी श्रीमतीको एक साथीले उनलाई शुभमन गिलको फोटो देखायो, जसमा क्रिकेटरले आफ्नो सिक्स प्याक एब्स देखाएका छन् ।

एड सिरन एक कन्सर्टको लागि भारत आएका थिए । उनको कन्सर्टको नाम म्याथम्याटिक्स थियो, जसको अन्तिम शो १६ मार्चमा मुम्बईमा भएको थियो । यसैबीच शुभमन गिल अहिले आईपीएलमा व्यस्त छन् ।

उनले गुजरात टाइटन्सको कप्तानी गरिरहेका छन् । गुजरात टाइटन्सले हालसम्म चलेको आईपीएलमा ५ खेल खेलेको छ जसमा दुईमा जित र तीनमा हार बेहोरेको छ ।