• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

अल्लु अर्जुनको जन्मदिनमा फ्यानले पाए उपहार, रिलिज भयो ‘पुष्पा २’ को टिजर



एजेन्सी । साउथ सुपरस्टार अल्लु अर्जुनले आज आफ्नो जन्मदिन मनाउँदै छन् । यही अवसरमा अभिनेताको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ः द रुल’ का निर्माताले फ्यानहरुलाई ठूलो उपहार दिँदै फिल्मको टिजर सार्वजनिक गरेका छन् ।

टिजर निकै धमाकेदार छ र यसमा अल्लु फेरि पुष्पराजको भूमिका निर्वाह गर्दै दर्शकको मन जितेको देख्न सकिन्छ ।

‘पुष्पा २ः द रुल’ को टिजरमा अल्लु अर्जुनको लुक निकै खतरनाक छ । उनको यो अवतार आजसम्म देखाइएको थिएन । टिजरमा अल्लुले सारी लगाएको र फुल मेकअप गरेको देखिन्छ । अभिनेताको लुक टाउकोदेखि पाउसम्म निकै प्रभावशाली छ । टिजरमा अभिनेताले एक्सन गरेको देख्न सकिन्छ ।

सुकुमारद्वारा निर्देशित ‘पुष्पा २ः द रुल’ मा अल्लुका अलावा रश्मिका मन्दाना, फहद फासिल, जगदीश प्रताप बन्दरी र सुनीलको मुख्य भूमिका रहेको छ । यी सबै स्टार फिल्मको पहिलो भागमा पनि दमदार भूमिकामा देखिएका थिए ।

‘पुष्पा २ः द रुल’ को रिलिजको प्रतिक्षामा सबै जना छन् । यो फिल्म १५ अगस्त २०२४ मा रिलिज हुँदैछ ।