११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश



अ+ अ-

मेलबर्न । पूर्व विश्व नम्बर एक राफेल नाडाल पुरुष टेनिसमा अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

उनले सेमिफाइनलमा माटियो बेरेटिनीलाई ६–३, ६–२, ३–६, ६–३ को सेटमा पराजित गरेका हुन् । 

नाडाल पुरुष टेनिसमा कीर्तिमानी २१ औँ एकल ग्रान्डस्लाम उपाधि जित्ने क्रममा छन् । 

पहिलो दुई सेटमा नाडालले वर्चस्व कायम गर्दै इटालियन प्रतिद्वन्द्वीलाई कोर्ट वरिपरि घुमाए।

उनले दोस्रो सेटमा ४–० को अग्रता लिए र सातौँ वरियता प्राप्त बेरेटिनीले ११ प्रयासमा एक पटक मात्र आफ्नो दोस्रो सर्भरमा अङ्क बनाउन सके।

भारी वर्षाका कारण रड लेभर एरिनाको छाना बन्द भएकाले भित्र धेरै आद्रता थियो । यस्तो अवस्थामा बल भारी भएको थियो ।

पहिलो दुई सेट सबै छैटौँ वरीयताप्राप्त स्पेनी नाडालको पक्षमा गयो । तेस्रो सेटमा बेरेटिनी फर्किए र आठौँ खेलमा तीन ब्रेक पोइन्ट बनाएर दोस्रो सेटमा ५–३ को अग्रता लिए।

उनले अर्को खेलमा लगातार चार अङ्क जोड्दै खेललाई चौथो सेटमा तान्दै खेललाई लम्ब्याए। चौथो सेटको आठौँ खेलमा नाडालले फेरि सर्भ तोड्दै खेल जितेका थिए ।

नाडालले रोजर फेडेरर र नोभाक जोकोभिचजस्तै २० ग्रान्ड स्लाम एकल उपाधि जितेका छन्।

अब नाडालले फाइनलमा ड्यानिल मेदभेदेव र स्टेफानोस सित्सिपासबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछन्। एजेन्सी