६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक अल्कोहल पिएर विमानको ढोका खोल्न गएका नेपाली मुलका रेग्मी दुबई प्रहरीको नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । अमेरिकाबाट नेपाल यात्रामा निस्किएका नेपाली मुलका अमेरिकि नागरिक प्रेम रेग्मिलाई दुबई प्रहरिले गिरफ्तार गरि शनिबार अबुधाबि जेलमा राखेको छ ।

अमेरिकाको मिजौरि राज्यको क्यान्सस शहरमा बस्दै आएका रेग्मी नेपाल यात्राको क्रममा अबुधाबि एयरपोर्टमा ट्रान्जीट रहेको तर हवाइ यात्रामा अत्यधिक अल्कोहल पिएका उनी थप अल्कोहल माग्दा नदिएपछि प्लेनको ढोका खोल्न प्रयास गरि हवाइ नियम उल्लघनमा परेपछि प्रहरिले उनलाइ हिरासतमा लिएको अभियान्ता सानुबाबु सिलवालले जानकारी दिए ।

दुई दिनदेखि जेलमा रहेका रेग्मिको उद्दारका लागि परिवार मार्फत आग्रह भ​एकाले दुबइ अबुधाबिमा रहेका नेपालिहरुलाइ रेग्मिको अबस्था बुझि खबर दिन आग्रह गरिएको छ ।

अमेरिकन नागरिक भ​एकाले उनलाइ सजाय वा अमेरिकन दुतावासको परामर्श वा जिम्मा लगाउन सक्नेबारे बुझिदिन अभियान्ता सिलवालले आग्रह गरेका छन् ।




भर्खरै