६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरभको एकल चित्रकला प्रदर्शन



अ+ अ-

काठमाडौँ । युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ । अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।

आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उहाँको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उहाँको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उहाँका बुवा भरतबन्दु थापाले बताउनुभयो ।

भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोर्नुभएको छ । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उहाँले चित्रमा उतार्ने गर्नुहुन्छ । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राख्नुभएका आरभ भन्नुहुन्छ, “चित्र कोर्न पाउँदा खुसी मिल्छ ।”

छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उहाँकी आमा गीताञ्जलीले बताउनुभयो । “बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।” रासस