२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनविरुद्ध लगातार प्रदर्शन



अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनप्रति जनताको धैर्यता टुट्न थालेको छ । साताभरि नै थुप्रै मानिसले केपटाउनका समुद्री तटहरूमा तिनीहरूलाई खुल्ला गर्ने मागसहित प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शन आयोजकहरूले सरकार समुद्री तटहरू बन्द गरेर असंवैधानिक बन्दै गइरहेको आरोप लगाएका छन् । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तितर–वितर गरे पनि कसैलाई गिरफतार गर्ने गरेको छैन । यस समूहले थप भेला आयोजना गर्र्ने चेतावनी दिएको छ । वेस्टर्न केपमा विपक्षी पार्टीहरू तिनीहरूको चेतावनीको कारण चिन्तित बनेका छन् ।

इकोनोमिक फ्रिडम फाइटर्स पार्टीका अधिकारीहरूले प्रान्तमा यस्ता प्रदर्शनहरूमाथि छानबिन गर्दै गिरफतारी शुरू गर्न आग्रह गरेका छन् । यसैगरी, दुईवटा चर्च संगठनहरू चर्चहरू बन्द गराएबापत राष्ट्रपति सिरिल रामाफोसा र अन्य मन्त्रीहरूलाई क्षतिपूर्ति तिराउन अदालत पुगेका छन् । तिनीहरूले केही सिनेमादेखि व्यापार व्यवसाय खुल्ला रहेको तर चर्च मात्र बन्द गरिएको गुनासो गरेका छन् । नेपाल समाचारपत्र दैनिक