४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कामपाले क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने

कामपाले क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नुभयो । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई रु चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताउनुभयो । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले सङ्घलाई सहयोग गरेको बताउनुभयो । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ । समारोहमा सङ्घका अध्यक्ष चन्दले भन्नुभयो, “यस वर्ष महानगरले लगानीलाई अर्को वर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौँ ।”

कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार सङ्घलाई सम्झौताबमोजि दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि सङ्घले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।