२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक



अ+ अ-

काठमाडौं: काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास मारीखोलाको ढुंगो सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास मारीखोलाको ढुंगो’ को कथाकालमा जन्मिएकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो । 

 काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मेहुर्केको पुस्ताहरूको हो भन्ने प्रतीकात्मक संकेत पनि थियो । 

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै मारीखोलाको ढुंगो पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन् । आफ्नो उपन्यासबारे नयाँ पुस्ताबाट मन्तव्य सुन्न पाउँदा दर्शकदीर्घामा बसेका लेखक दर्लामी आँसु पुछिरहेका थिए ।

समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँघरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै ईभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने हामी कहाँबाट आयौँ अहिले कहाँ छौँ यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी ईभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्योतर मलाई यो उपन्यासको मीठो भाषाले बोलायोहात समातेर सँगसँगै डोर्यायोहाम्रो देशको वास्तविक धड्कन सुनायो ।

दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौँ आइपुगेका लेखक जेबी दर्लामीले पब्लिकेशन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे ।

घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छमलाई शब्दसित गहिरो प्रेम छ ।

अहिले पनि टेलिफोनबाटोघाटोविद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले मारीखोलाको ढुङ्गो उपन्यास लेख्दाको अनुभव बाँडे । ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँतर म गलत ठहरिएँ,’ लेखक जेबी दर्लामीले भने, ‘मैले केही भोगेकोकेही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ ।

 लेखक जेबी दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा नेपालको राजनीतिमा अर्घाखाँची शोधमूलक पुस्तक प्रकाशित छन् ।
द्वन्द्वकालमा केही समय प्रत्यक्ष सरिक हुन पुगेका दर्लामीको यो कथावाचनलाई ‘फस्र्ट पर्सन अकाउन्टका रुपमा महसुस गर्न सकिन्छ ।      

 नेपाली समाजको संघर्षसपना र यथार्थ चित्रण गर्ने आख्यान वा गैरआख्यान दुवै विधाका पुस्तक हामीले प्रकाशन गर्दै आएका छौँपब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्मारीखोलाको ढुंगो जस्तो सुन्दर उपन्यासले हाम्रो प्रकाशन सूचीलाई थप सबल बनाएको छ ।
सशक्त कथासँगसँगै कथावाचन गर्ने कौतूहलपूर्ण शैलीले उपन्यास विशिष्ट बनेको छ ।