• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

गठबन्धन टुटेपछि देउवाको टिप्पणीेः ‘काँग्रेसका लागि एक्लै बहुमत ल्याउनु अपरिहार्य’



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै काँग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताउनु भयो । पार्टीका काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरुलाई सचेत गराउनु भयो । घात, अन्तर्घात नगरेर एक भएर काँग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नुछैन, तपाईहरुलाई थाहा नै छ । तर अहिले यही कुरालाई ध्यानमा राखेर, मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गर्दै देशभर नै पार्टी जित्नु आवश्यक छ । शंखरापुर अत्यन्तै ऐतिहासिक ठाउँ हो ।

यसको ऐतिहासिकताबारे नेपाली जनताले थाहा पाएका छैनन् । त्यसैले यो ऐतिहासिक ठाउँ हो । ऐतिहासिक रुपको सहर भएको ठाउँ पनि हो । त्यसैले म सबै साथीहरुलाई पार्टीलाई एक बनाएर लगेर आपसमा घात, अन्तरघात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई । त्यसकारण झन एक भएर हामी सबै साथीहरु लाग्दै बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर पूरा गर्नका लागि हार्दिक अनुरोध गर्दछु । भोलिका दिनमा पार्टीलाई मजबुत गराउनका लागि शुभकामना दिन चाहन्छु । ’

सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्ताहरुलाई समझदारीका साथ काम गर्नुपर्ने बताउनु भयो ।