१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले इमान्दार र सादगी नेता बोगटीको अभाव भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “पोष्टबहादुर बोगटी एक इमान्दार नेता हुनुहुन्थ्यो, वहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।”

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्री दाहालले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो । पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।”

कार्यक्रममा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेल, प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, नेता पुष्पविक्रम मल्ल, बोगटीका पत्नी राममाया बोगटीलगायतको उपस्थिति थियो । रासस