१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामको चटारोमा काँठ क्षेत्रका किसान (फोटो फिचर)



अ+ अ-

किसान देशका मेरुदण्ड हुन् । तर आज कसैले पनि किसान भनेर गर्व गर्नसक्ने अवस्था छैन । कृषिमा आवद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो ।

अर्को कुरा सरकारको उदासिनता पनि । किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर वस्तुको बजार सिमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । सरकारलाई कुनै मतलव छैन । गर्मी शुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान । तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् ।

हुनतः खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै । असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन । बरु लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् ।

यतिबेला उनीहरुलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका कामको चटारोले ब्यस्त काँठ क्षेत्रका किसान र कृषिका यी तस्बिरहरु ।