१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

समलिङ्गी विवाहबारे धर्म गुरु, कानुनविद् र मानव अधिकारकर्मीहरुको एकै स्वरः ‘मानव सभ्यताको लागि घातक छ, स्वीकार गर्न सकिँदैन’

समलिङ्गी विवाहबारे धर्म गुरु, कानुनविद् र मानव अधिकारकर्मीहरुको एकै स्वरः ‘मानव सभ्यताको लागि घातक छ, स्वीकार गर्न सकिँदैन’
अ अ+ अ-

काठमाडौं, २३ चैत । मिडिया एड्भोकेसी फोरम (माफ) नेपालले विश्वमा नै बहस, चर्चा र विवादको विषय बनेको समलिङ्गी विवाहको सन्दर्भमा विचार गोष्ठी गरेको छ । माफ नेपालले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा ‘नागरिक सरोकार श्रृङ्खलाअन्तर्गत समलिङ्गी विवाह, सामाजिक अभ्यास, धार्मिक मूल्य र मान्यता तथा कानुनी प्रावधान विषयक विचार गोष्ठी’ सम्पन्न गरेको हो ।

माफ नेपालका अध्यक्ष विदुर अधिकारीले व्यक्तिको निजी चाहना र नयाँ खोजलाई समाजले स्थान दिनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए । यसो भनिरहँदा आफूहरु विकृतिलाई प्रश्रय दिनुपर्छ भन्ने पक्षमा नरहेकोसमेत उनले स्पष्ट पारे ।

अध्यक्ष अधिकारीले माफ नेपालको लक्ष्य मानवीय प्रतिष्ठा, नागरिक स्वतन्त्रता र सुशासनको पक्षमा काम गर्नु रहेको बताए । सामाजिक, कानुनी र मानव अधिकार सम्बन्धि विषय माफ नेपालको चासोको विषय बन्ने गरेको उनको भनाइ छ ।

इसाई धर्म गुरु तथा समाजसेवी डा.सुन्दर थापाले बाइबलमा परमेश्वरले नर र नारी दुवैको शृष्टि गरेको भन्दै समलिङ्गी विवाहको विपक्षमा धारणा राखे । समलिङ्गी विवाह अप्राकृतिक, अनुत्पादक, पापमय, ईश्वरीय दण्डको योग्य र मानव सभ्यताको लागि घातक रहेको बताए ।

विश्व हिन्दु महासंघ नेपालका प्रमुख सल्लाहकार स्वामी दामोदर गौतमले समलिङ्गी विवाह पूर्वीय दर्शनको अनुशासनभित्र नपर्ने बताए । उनले समलिङ्गी विवाह दुर्भाग्यपूर्ण हुने बताए । समलिङ्गी विवाह अप्राकृतिक भएकाले यसले मान्यता पाउन नहुने धारणा राखे । समलिङ्गी विवाह अप्राकृतिक, अस्वाभाविक र अनुत्पादक रहेको उनको भनाइ छ ।

बौद्ध धर्मगुरु भिक्षु एवं आनन्द कुटी विहारका प्रमुख धर्ममूर्ति महास्थवीरले धर्मले समलिङ्गी विवाहलाई कल्पना नगरेको र मान्यता नदिने बताए । विवाहको औचित्य र अर्थ महत्वपूर्ण हुने उनको भनाइ छ । विवाह पुरुष र महिलाबीचको सम्बन्धलाई सामाजिक रूपमा स्वीकार गरेर बढवा दिने कार्य भएको उनले बताए । धर्म र समाज र राज्यले स्वीकार गर्ने भन्दा बाहेकको विवाहलाई स्थापित गर्न नसकिने उनको भनाइ छ ।

‘समलिङ्गी विवाहलाई धर्मले मान्यता दिँदैन । यस्ता गतिविधिलाई हामीले सचेत भएर निरुत्साहित गर्न सकेमा समाजको उन्नति, प्रगति हुनसक्छ,’–उनले भने ।

अधिवक्ता प्रकाश नेपालीले समलिङ्गी विवाहको सम्बन्धमा अदालतबाट अन्तरिम आदेश जारी भएको बताए । उक्त आदेश जारी भएसँगै नेपाल र नेपाली समाज तरङ्गित भएको बताए । उनले मानव अधिकारको विश्वव्यायी घोषणा–१९४८ को धारा १६ मा उमेर पुगेका पुरुष वा महिलालाई विवाह गर्ने स्वतन्त्रता हुनेछ भन्ने प्रावधान रहेको बताए । विवाह गर्न इच्छुक व्यक्ति पुरुष र महिला हुनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

समलिङ्गी विवाहलाई छिमेकी मुलुक चीन र भारतले पनि कानुनी वैधता प्रदान नगरेको उनको भनाइ छ । नेपालको सन्दर्भमा समलिङ्गी विवाहलाई लम्जुङ जिल्लाको दोर्दी गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकाले दर्ता गरेको उनले बताए । स्थानीय तहले दर्ता गरेको उक्त विवाहको पछाडि कुनै कानुनी आधार नरहेको उनको भनाइ छ । कसैले त्यो विवाहको विरुद्धमा रिट हालिदिएको अवस्थामा त्यो बदर हुने उनले ठोकुवा गरे ।

राज्यले स्पष्टसँग समलिङ्गी विवाह हुन सक्ने भनेर कानुनमा उल्लेख नगरेसम्म मान्यता नपाउने उनले बताए । अधिवक्ता नेपालीले नेपालमा समलिङ्गी विवाहको कानुनी आधार नरहेको उनको दाबी छ ।

इस्लामिक संघ नेपालका केन्द्रीय सदस्य अजिजुल्ला अन्सारीले कुरानमा समलिङ्गी विवाहको कल्पनासमेत नरहेको बताए । समलिङ्गी विवाहलाई उनले व्याभिचारको संज्ञा दिए । समलिङ्गी विवाहको बारेमा कुरानमा पनि उल्लेख गरेको र त्यस्ता मानिसहरुलाई ईश्वरले दण्डित गर्ने गरेको उनको भनाइ छ ।

समाजशास्त्री एवं बालअधिकारकर्मी डा.जोमेश वडले प्राकृतिक विवाहलाई मात्रै सामाजिक विवाहको मान्यता दिन सकिने बताए । अहिले समलिङ्गी विवाहको अभ्यास र विभिन्न सवालहरु उठ्दै गर्दा हामी होसियार हुन जरुरी रहेको उनले बताए ।
‘समलिङ्गी विवाह दर्ता हुँदैगर्दाखेरी हामी होसियारी हुन आवश्यक छ कि हामीले राष्ट्रलाई बर्वाद पार्दैछौं । एउटा परिवार भत्किँदै छ, समाज बिग्रिदै छ । राष्ट्र निर्माणमा यसले ठूलो धक्का पुर्याउँदैछ,’– उनले भने ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा. केबी रोकायाले समलिङ्गी विवाहको सबैभन्दा बढी विरोध गर्ने देश रूस र नेताहरुमा पुटिन भएको दाबी गरे । उनले पुटिनले रूसमा यस्तो प्रकारको विवाहको गन्ध पनि आउन नदिने गरेको बताए । साथै, भारतमा पनि यस्तो प्रकारको विवाह बर्जित रहेको बताए । सर्वोच्च अदालतको एकल इजलासले नेपालमा ‘समलिङ्गी विवाह दर्ता गर्ने व्यवस्था गर’ भनेर आदेश दिएको उनले बताए ।

नेपाल एसियामा समलिङ्गी विवाह दर्ता गर्ने पहिलो देश बनेको उनले बताए । कानुन नै नभएको अवस्थामा एकल इजलासको आदेशमा समलिङ्गी विवाह दर्ता भइरहेको भन्दै उनले आपत्ति जनाए । नेपाल संसारभरका समलिङ्गीहरुको गन्तव्य देश बन्ने खतरा बढेको उनको भनाइ छ ।