• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

हैदराबाद र चेन्नईको खेलमा बिजुली काटिन सक्ने ? ३ करोड बढी विद्युत महशुल तिर्न बाँकी



एजेन्सी । सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीचको आईपीएल खेलअघि हैदरावादको उप्पल क्रिकेट स्टेडियममा विद्युत विभागले विद्युत आपूर्ति सुचारु गरेको छ ।

हैदराबाद क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो । तीन करोडभन्दा बढीको बक्यौता नतिरेको भन्दै विद्युत विभागले उप्पल रंगशालाको विद्युत् काटेको थियो ।

तर, अहिले भने विद्युत आपूर्ति सुचारु गरिएको हो । आइपिएल २०२४ को १८औं खेल सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच शुक्रबार हैदराबादको राजीव गान्धी स्टेडियम (उप्पल क्रिकेट स्टेडियम) मा खेल्दैछ । यस खेलमा सीएसकेले तेस्रो जित दर्ता गर्न खोज्नेछ भने हैदरावाद दोस्रो जित दर्ता गर्न चाहन्छ ।

हैदरावादको यो मैदानमा जारी सिजनमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ । मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा प्याट कमिन्सको टोलीले दमदार प्रदर्शन गर्दै आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको थियो ।

हैदरावादले मुम्बईविरुद्ध २७७ रन बनाएको थियो । जवाफमा मुम्बईले २४६ रन बनाएको थियो । आगामी खेलमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।