• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही…

दोस्रो हप्ताको समाप्तीमा ‘महाजात्रा’को कमाई १० करोड १४ लाख



काठमाडौँ । चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ तेस्रो हप्तामा प्रवेश गरेको छ ।

चलचित्रले दोस्रो हप्ता सकिँदासम्म बम्पर कमाई गरेको छ । फिल्मका कलाकार हरिवंश आचार्यका अनुसार फिल्मले दोस्रो हप्ताको समाप्तीमा १० करोड १४ लाखको कमाई गरेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा आचार्यसहित विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको अभिनय रहेको छ ।