२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जित हात पार्दै बार्सिलोनाको सेमिफाइनल यात्रा



अ+ अ-

म्याड्रिड । बुधबार बार्सिलोनाले जित हात पार्दै कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा एन्टोन ग्रिजमन, फ्रेन्ड डे जङ र जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोनाले ग्रेनेडालाई ५–३ ले हराएको हो ।

खेलको ८८ औं मिनेटसम्म बार्सिलोना २–० ले पछाडि रहेको थियो । रोनाल्ड कोम्यानको बार्सिलोनासँगै सेभिया र लेभान्टेले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।

अब सेमिफाइनल खेल्ने अन्तिम टिमको निर्णय रियल बेटिस र एथलेटिको बिलबाओबीचको खेलले गर्नेछ । सन् २०१४ देखि २०१९ बीच बार्सिलोनाले लगातार छ पल्ट सेमिफाइनल यात्रा तय गरेको छ । गत सिजन भने बार्सिलोना क्वार्टरफाइनलमै पराजित भएको थियो ।