• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ



काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको चरित्र हत्या गरेको आरोपमा महानगरका कर्मचारी पक्राउ परेका छन् ।

मेयर शाहको चरित्र हत्याको आरोपमा प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा मेयर  शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको आरोप लगाएका थिए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।