२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: गुजरातले घरेलु मैदानमा पहिलो पटक पञ्जाबको सामना गर्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको १७ औं खेलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन्। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा कुल १२ खेल खेलेको छ। जसमा आठ खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ । गुजरातले यहाँ खेलेको ६७% खेल जितेको छ। यसै मैदानमा टोलीले आफ्नो पहिलो लिग उपाधि पनि जितेको थियो। यस मैदानमा गुजरात र पञ्जाब पहिलो पटक आमनेसामने हुँदैछन् ।

यो सिजन आज गुजरात र पञ्जाब दुवै टोलीले आफ्नो चौथो खेल खेल्दैछन्। गुजरात तीन खेलबाट दुई जितसहित अंक तालिकाको पाँचौं स्थानमा छ। अर्कोतर्फ, पञ्जाबले तीन मध्ये एक खेल मात्र जितेको छ र तालिकाको आठौं स्थानमा छ।

हेड टु हेड

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म जम्मा ३ खेल खेलिएका छन् । जसमा गुजरातले २ खेल जितेको छ भने पञ्जाबले एउटा मात्र जितेको छ ।

गुजरातका मध्यक्रमका ब्याट्सम्यान साई सुदर्शनले टोलीका लागि सबैभन्दा बढी रन बनाएका छन्। साईले अन्तिम ३ खेलमा ११९ को स्ट्राइक रेटमा १२७ रन बनाएका छन् । यस्तै, बलरमा मोहित शर्माले सर्वाधिक विकेट लिएका छन् ।उनले ३ खेलमा ६ विकेट लिएका छन् ।

यस्तै, शिखर धवन पञ्जाब किंग्सका शीर्ष ब्याट्सम्यान हुन् । धवनले एक अर्धशतक सहित कुल १३७ रन बनाएका छन् । टिमका लागि अलराउन्डर साम कुरनले सर्वाधिक ४ विकेट लिएका छन् ।

पिच रिपोर्ट

अहमदाबादको पिच ब्याटिङमैत्री मानिन्छ। हालसम्म यहाँ २९ आईपीएल खेल खेलिएका छन् । जसमा १४ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोली र १५ खेलमा रन पछ्याएको टोली विजयी भएको छ ।

मौसम अवस्था

बिहीबार अहमदाबादमा बादल हुनेछ । तर वर्षाको कुनै सम्भावना छैन। आज यहाँको तापक्रम ३७ देखि २५ डिग्री सेल्सियससम्म रहन सक्छ।

गुजरात टाइटंसको सम्भावित प्लेईङ ११:

शुभमन गिल (कप्तान), ऋद्धिमान साहा, अजमतुल्लाह ओमरजई, डेविड मिलर, विजय शंकर, राहुल तेवतिया, राशिद खान, उमेश यादव, मोहित शर्मा, नूर अहमद और दर्शन नालकंडे।

इम्पैक्ट प्लेयर: साई सुदर्शन।

पंजाब किंग्सको सम्भावित प्लेईङ ११:

शिखर धवन (कप्तान), जॉनी बेयरस्टो, सैम करन, लियम लिविंगस्टन, जितेश शर्मा (विकेटकीपर), शशांक सिंह, हरप्रीत बरार, राहुल चाहर, हर्षल पटेल, अर्शदीप सिंह और कगिसो रबाडा।

इम्पैक्ट प्लेयर: प्रभसिमरन सिंह।