९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने



अ+ अ-

काठमाडौं । नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ । कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ । कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हो । विश्व स्वास्थ्य संगठनको पहलमा यूरोपेली आयोग र फ्रान्सले स्थापना गरेको ‘वान वल्र्ड प्रोटेक्टेड’ कार्यक्रमको अङग कोभ्याक्स हो ।

कोरोनाविरुद्धको खोपमा सबै राष्ट्रको पहुँचका लागि कोभ्याक्सले करिब २४ करोड खोप आष्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्ने खोप खरिद गर्ने सम्झौता गरेको छ । उक्त खोप एशिया क्षेत्रमा भारतको सिरम इन्स्टिच्युटले आपूर्ति गर्दैछ । ‘ग्लोबल अलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन’९गाभी०ले नौ करोड ६० लाख खोप आष्ट्राजेनेकासँग पूर्ब सहमति बमोजिम उपलब्ध गराउनेछन् । त्यसैगरी, कोभ्याक्स कार्यक्रम अन्तर्गत नै जर्मनीको बायोएनटेक र फाइजरले समेत खोप आपूर्ति गर्नेछ । उक्त खोपको परिमाण थोरै मात्रै छ ।

कोभ्याक्सले कोभिड १९ को जोखिममा रहेका विश्वका करिब तीन प्रतिशत जनसंख्यालाई ध्यानमा राखेर उक्त खोप कार्यक्रम चलाउने जनाएको छ । आगामी छ महिनाभित्रै सबै राष्ट्रमा पहिलो चरण अन्तगर्त तीन प्रतिशत जनसंख्यामा खोपको पहुँच हुने उसले उल्लेख गरेको छ । कोभ्याक्सको खोप अभियानमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको राष्ट्रलाई मात्रै उक्त अभियानमा सहभागी गराइनेछ । गोरखापत्र दैनिकमा समाचार छ ।